Logo

अर्थ

नेपाल बैंक र बुद्ध एयरबीच सम्झौता



काठमाडाैं । नेपाल बैंक र बुद्ध एयरबीच सम्झौता सम्पन्न भएको छ । गत पुस २५ गते नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।

सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरूमा लाग्ने शुल्कमा नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकका ग्राहकहरूलाई टिकट (बुद्ध एयर अफिस काउन्टर) शुल्कमा ८ प्रतिशत र नेपाल बैंकमा कार्यरत कर्मचारीहरूलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएको छ ।

सम्झौता पत्रमा बैकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र बुद्ध एयरको तर्फबाट मार्केटिङ निर्देशक रुपेश जोशीले हस्ताक्षर ग रे।

यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरुले बुद्ध एयरबाट प्रदान गरिने हवाई साथै कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।

प्रकाशित मिति : २६ पुष २०८१, शुक्रबार १४:२२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।