Logo

प्रमुख समाचार

वामदेवको नजर एमाले र माओवादीतिर



माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गर्ने अन्तिम तयारी गरेका भनिएका वामदेव गौतम एकाएक एमाले र माओवादी केन्द्रसँग एकताको लागि वार्तामा बस्ने भएका छन् । त्यसको लागि गौतमले आफ्नै नेतृत्वमा वार्ता कमिटी गठन गरेका छन् ।

माधव नेपालले संगठन विभागको प्रमुख नबनाएको भन्दै गौतम तत्काल एकीकृत समाजवादीमा प्रवेश गर्न हच्किएका थिए । हिजो (शनिबार) बसेको अभियानको बैठकले एमाले र माओवादी केन्द्रसँग वार्ता गर्नको लागि गौतमको नेतृत्वमा ६ सदस्यीय वार्ता कमिटी गठन गरेको छ ।     नेकपा विभाजन भएपछि उनले एकता अभियान चलाएका थिए । राष्ट्रिय सभा सदस्यसमेत रहेका गौतमले बलियो कम्युनिष्ट पार्टी निर्माण नगरी विश्राम नलिने अठोट लिएका छन् । उनी आक्रामक र खरो अभिव्यक्तिको कारण बेलाबेलामा विवाद र चर्चामा आउने नेताको रुपमा चिनिने गरेका छन्

प्रकाशित मिति : पुष २९, २०८१ सोमबार  ७ : ११ बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।