काठमाडौं । सिद्धार्थ बैंकको २३औँ वार्षिक साधारणसभाबाट सेयरधनीलाई चुक्ता पुँजीको करसहित ४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको छ । आइतबार सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सम्पन्न भएको हाे ।
साधारण सभाले बैंकको चुक्ता पुँजी रु. १४,०८,९९,८०,१८५ को ४ प्रतिशतका दरले हुने रु. ५६,३५,९९,२०८ नगद लाभांश (कर प्रयोजनका लागि समेत) लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै, सभाले एसबीएल ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर सम्बन्धित नियमनकारी निकायको स्वीकृति पश्चात् जारी गर्ने लगायतका प्रस्तावहरू पारित गरेको छ ।
साथै, बैंकको वार्षिक साधारण सभामा भएको निर्वाचनबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको तर्फबाट राहुल अग्रवाल, दिनेश शंकर पालिखे र वीरेन्द्र कुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, सर्वसाधारण शेयरधनी समूहको तर्फबाट अंकित केडिया ( प्रतिनिधि-लेभरेज होल्डिङ्ग्स प्रा. लि. र भोजन अर्याल (प्रतिनिधि – रिनुवल इन्भेष्टमेन्ट प्रा. लि. ) निर्विरोध निर्वाचित भएका छन् ।




















प्रतिक्रिया