Logo

अर्थ

लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न



काठमाडाैं । लक्ष्मी सनराइज बैंक प्रायोजक र लक्ष्मी सराइज क्यापिटल, कोष व्यवस्थापक रहेको लक्ष्मी सस्टेनेवल इनर्जी फण्डको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

नवीकरणीय उर्जा तथा दिगो विकासलाई टेवा दिई आर्थिक समृद्धिको लागि लगानी गर्ने उद्देश्य रहेको यस कोषले बिभिन्न जलविद्युत तथा दिगो उर्जा क्षेत्रमा लगानी गरेको छ ।

लक्ष्मी सस्टनेवल इनर्जी फण्ड, नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त प्राइभेट इक्विटी कोषको आकार एक अर्ब रुपैयाँको रहेको छ । कोषमा संकलित रकमको ९० प्रतिशत रकम दिगो उर्जा क्षेत्रमा लगानीका लागि विनियोजन गरेको छ र १० प्रतिशत रकम अन्य बिबिध क्षेत्रमा लगानी गर्ने कोषको योजना रहेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलवार १२:३०   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।