Logo

अर्थ

आइएमई लाइफको नयाँ बोनसदर घोषणा, अधिकतम ८० रुपैयाँसम्म बोनस दिने



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ । गत आवको आर्थिक लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै नयाँ बोनसदर सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले सावधिक सिमित अवधि भुक्तानी सावधिक तथा बाल सावधिक बीमा योजनामा प्रति हजार न्यूनतम ३२ देखि अधिकतम ७० रुपैयाँ बोनस दिने जनाएको छ ।

सामूहिक सावधिक बीमा योजनामा न्यूनतम ३२ देखि अधिकतम ७५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३२ देखि अधिकतम ८० रुपैयाँसम्म बीमितलाई बोनस दिने जनाएको छ ।

सावधिक तथा आजीवन बीमा योजनामा न्यूनतम ३२ देखि अधिकतम ८० रुपैयाँसम्म, अग्रिम भुक्तानी तथा आजीवन (कल्पधन) बीमा योजनामा न्यूनतम ३२ देखि अधिकतम ६३ रुपैयाँसम्म, अग्रिम भुक्तानी सावधिक बीमा योजनामा न्यूनतम ३० देखि अधिकतम ६३ रुपैयाँसम्म बोनस दिने जनाएको छ ।

बाल अग्रिम भुक्तानी सावधिक (बाल उमंग) योजनामा बीमा अवधिअनुसार न्यूनतम ३० देखि अधिकतम ६५ रुपैयाँसम्म, वार्षिक बाल अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (बाल किरण) बीमा योजनामा न्यूनतम ३० देखि अधिकतम ६० रुपैयाँसम्म बोनस दिने भएको छ।

त्यसैगरी कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख (धन सरिता) बीमा योजनामा बीमालेखको सम्पूर्ण बीमा अवधिका लागि समान २२ रुपैयाँ प्रति हजारका दरले बोनस दिने जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलवार १३:०८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।