Logo

प्रमुख समाचार

रवि विरुद्ध बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि लात्ति र मुक्का प्रहार



काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि दुर्व्यवहार भएको छ । जिल्ला अदालत काठमाडौँबाट बाहिरिँदै गर्दा बाहिर सडकमा उनीमाथि दुर्व्यवहार भएको हो ।

उनले आज काठमाडौँ जिल्ला अदालतमा जारी रवि लामिछानेको थुनछेक बहसमा रविको विपक्षमा बहस गरेका थिए । अदालत बाहिर रहेको मानिसहरको समूहले त्रिपाठी विरुद्ध नाराबाजी गर्दै उनलाई धक्का दिएर लखेटेका थिए । उनलाई अन्य मानिसहरूले भीडबाट बचाएका थिए । घटनास्थलमा रहेको सिधाकुराकर्मी लक्ष्मण गिरीअनुसार अदालत परिसरबाट बाहिरिएर सञ्चार माध्यममा प्रक्रिया दिँदै गर्दा उनीमाथि धक्का मुक्का भएको हो ।

त्यसपछि त्रिपाठी भागेर अर्को बाटो हुँदै पुनः अदालत परिसरमा प्रवेश गरेका थिए । अदालत परिसरमा भेला भएका मानिसहर को हुन भन्ने खुलेको छैन् ।

कतिपयले उनीहरु रास्वपा समर्थक रहेको आरोप लगाएका छन् । तर, रास्वपाले रवि विरुद्धको मुद्दाको सुनुवाइ क्रममा अदालत परिसरमा नेता कार्यकर्तालाई नबोलाइएको र उनीहरूको को हुन भन्ने थाहा नभएको बताएको छ । ‘पार्टी र स्वयम् सभापतिज्यूले न्यायिक प्रक्रियालाई सघाई रहेको अवस्था छ,’ एक नेताले सिधाकुरासँग भने, ‘कसैसँग कुनै खालको वैमनस्यता पार्टी र सभापति ज्यूको छैन् । कसैको व्यक्तिगत रिसइबी भए हामीले जान्ने कुरा होइन । ’

जो कसैबाट भए पनि अधिवक्ता त्रिपाठीमाथि भएको दुर्व्यवहार गलत भएको भन्दै रास्वपाले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : माघ २, २०८१ बुधबार  ६ : २९ बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।