नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई विहीवार छलफलका लागि बोलाएका छन् ।
देउवाले आफ्नै निवास बुढानिलकण्ठमा पार्टीबाट सरकारमा सहभागी भएका दश मन्त्री र दुई राज्यमन्त्रीलाई छलफलका लागि निम्ताएका हुन् ।
सभापति देउवाले संसदीय दलको कार्यसमिति र मन्त्रीहरू बीच अर्न्तक्रियाका लागि बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए ।
सरकारमा सहभागी भएका केही मन्त्रीहरूको कार्यक्षमता र प्रभावकारितालाई लिएर पार्टीभित्र प्रश्न उठिरहेको छ ।
समाचार स्रोतले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेकाले त्यसबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
कांग्रेसबाट सरकारमा सहभागी भएका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, पर्यटनमन्त्री बद्री पाण्डे, गृहमन्त्री रमेश लेखक तथा ऊर्जामन्त्री दिपक खड्का लगायतको कामबारे पार्टीभित्र र बाहिर आलोचना भइरहेको छ ।




















प्रतिक्रिया