Logo

प्रमुख समाचार

प्रचण्ड–माधवलाई विप्लवको भने : संसद तपाईं तताउनोस् सडकमा हामी साथ दिन्छौँ



काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी ओली सरकारविरुद्ध सदन र सडक दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति गम्भीर रहेको, सरकार संसद् छलेर अध्यादेशबाट शासन गर्न खोजेको भन्दै दुवै मोर्चा कसिलो बनाउनुपर्ने प्रस्ताव गरेको सहभागी एक नेताले बताए ।

‘हामी अहिले संसदमा छैनौँ । मोर्चाका तीन दल संसदमा हुनुहुन्छ । अध्यादेशमार्फत ओलीजीले शासन गर्न खोज्नुभएको छ । त्यसलाई प्रतिवाद गर्नुपर्छ । तपाईंहरू संसद् तताउनोस्, हामी सडकमा साथ दिन्छौँ ।

यस्तै उनले विगतमा तीन बुँदे सहमतिबाट ओली सरकार पछि हटेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्नुपर्ने धारणा राखेका थिए । माघ १६ गते बस्ने बैठकले मोर्चालाई थप प्रभावकारी बनाउने गरी कार्यक्रम ल्याउने कार्यदल सदस्य तथा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार ०८:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।