काठमाडौं । बिहीबार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ६०० रुपैयाँ कायम छ ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ८३० मा किनबेच भएको थियो ।




















प्रतिक्रिया