Logo

अर्थ

निकासी पैठारी संघद्वारा ऐन संशोधनको स्वागत



काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले सरकारले ल्याएको कालोबजारी ऐनलगायतका अन्य ऐनमा सरकारले ल्याएको अध्यादेशको स्वागत गरेको छ ।

संघले विज्ञप्ती जारी गर्दै सरकारले ल्याएको अध्यादेशले मुलुकमा लगानी अभिवृद्धि हुनुका साथै व्यवसायमैत्री वातावरण निर्माणमा सहयोग पुग्ने जनाएको छ ।

‘समयसापेक्ष र वैज्ञानिक ऐन, कानुन व्यवसायमैत्री वातावरण निर्माण र लगानी अभिवृद्धिका लागि अपरिहार्य हुन्छन् । सरकारले यो तथ्यलाई मनन गर्दै ऐन कानुनहरुमा समयसापेक्ष सुधार गरेबाट आगामी दिनमा अझ उत्साहजनक वातावरण तयार हुने अपेक्षा गर्न सकिन्छ,’ संघको विज्ञप्तिमा उल्लेख छ ।

यसका लागि संघले सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै असल उद्देश्यका साथ संशोधन गरिएका प्रावधानहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

 

प्रकाशित मिति : ३ माघ २०८१, बिहीबार १५:०७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।