काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ आइतबार बाँडफाँड हुने भएको छ । इन्स्योरेन्सको आईपीओ माघ ६ गते आइतबार कुमारी क्यापिटलको कार्यालयमा बिहान ९ बजे बाँडफाँड हुने भएको हाे ।
कम्पनीले पुस २१ गते सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। ७५ करोड चुक्तापूँजीको ३० प्रतिशत, अर्थात् २२ करोड ५० लाख रुपैयाँबराबरको शेयर निष्काशन गरिएको थियो ।
कर्मचारीका लागि ६७ हजार ५०० कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता, र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो ।
निष्काशनको अन्तिम दिनसम्म आइपीओमा १९ लाख ६ हजार ७८४ जनाले आवेदन दिएका थिए, जुन मागभन्दा १३.६५ गुणा बढी हो । गोलाप्रथाबाट १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन् ।




















प्रतिक्रिया