काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आइतबार छापावाल सुन तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ ।
शुक्रबार छापावाल सुन तोलामा १ लाख ५७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया