काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार कार्यदलको प्रतिवेदन र सुुझावबारे ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले सुधारको कार्ययोजना बनाउन निर्देशन दिएका हुन् ।
निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सूशिक्षित गराउनुुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था आउन दिन नहुने प्रधानमन्त्रीको भनाइ छ । उनले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुुनिष्ठ समीक्षासहित सुुझाव दिइएकाले बीमा कार्यक्रमलाई सुुधार गर्ने गरी एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
स्वास्थ्य तथा जनसंखयामन्त्री प्रदीप पौडेल, कार्यदलका ंसंयोजक डा. शम्भुु आचार्य, सदस्यहरू डा. भगवान कोइराला, डा. रघुुराम काफ्ले र सदस्यसचिव डा. सरोज शर्माले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य बीमा कार्यक्रमको नीतिगत, कानुनी र संरचनागत परिवर्तन गर्नुपर्ने देखिएको ब्रिफिङ गरेका थिए ।
हाल यस कार्यक्रमअन्तर्गत करिब ११ अर्ब रुपैयाँ भुुक्तानी गर्न बाँकी छ ।
प्रतिक्रिया