Logo

कर्पोरेट फोकस

प्रभु बैंकले ८५ प्रतिशतले बढायो नाफा, अन्य सूचक कस्ता ?



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

समीक्षा अवधिसम्म बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७२ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ८५.४९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड १३ लाख रुपैयाँले ऋणात्मक रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८६ करोड ७४ लाख रुपैयाँले ऋणात्मक थियो ।

बैंकको सञ्चालन मुनाफा ४५.९५ प्रतिशतले बढेर २ अर्ब ५२ करोड २८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १ अर्ब ७२ करोड ८५ लाख रुपैयाँ थियो । ब्याज आम्दानी बढेर ४ अर्ब ८६ करोड ८९ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष ब्याज आम्दानी ४ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ थियो ।

चुक्तापुँजी २३ अर्ब ५४ करोड २४ रुपैयाँ रहेको बैंकको रिजर्भको आकार बढेर १३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष रिजर्भमा १२ अर्ब १२ करोड २७ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १९ अर्ब ६७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । अघिल्लो वर्ष बैंकले ३ खर्ब ५ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब ४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ५.०६ प्रतिशतमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा पनि बैंकको एनपीएल ४.९० प्रतिशत थियो ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ११.३५ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ६.१२ रुपैयाँ थियो। पीई रेसियो १९.३६ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४४.७९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार ०९:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।