काठमाडौं । नेपाल पूर्वाधार बैंक (निफ्रा)को नाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ६४ करोड १९ लाख रुपैयाँ छ । गत आवको यसै अवधिमा खुद नाफा ६८ करोड ९९ लाख रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी घट्दा नाफामा असर परेको छ । यो दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी १ अर्ब ४ करोड छ । पहिले यसै अवधिमा १ अर्ब ३६ करोड रुपैयाँ थियो ।
कम्पनीको आम्दानी पहिले ६ रुपैयाँ ३९ पैसा रहेकोमा अहिले ५ रुपैयाँ ९४ पैसा छ । कम्पनीको निष्क्रिय कर्जा समेत देखिन थालेको छ ।
प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ५४ पैसा रहेको यस कम्पनीको मूल्य बजारमा आइतबार प्रतिकित्ता २४९ रुपैयाँ छ ।




















प्रतिक्रिया