Logo

अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट



काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौं दरबारमार्गमा रहेको हार्ड रक क्याफेमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउने सम्बन्धी विषयमा दुवै पक्षबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकले हार्ड रक क्याफेको फुड र बेभरेज (नन्- अल्कोहलिक)मा उक्त छुट पाउने छन् ।

छुट पाउनका लागि सिद्धार्थ बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने छ । यस सम्झौताले नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार १०:४५   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।