Logo

प्रमुख समाचार

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अब नियमित तालिकामा, १० वर्षका सबै बालिकाले पाउने



काठमाडौं । सरकारले पाठेघरको क्यान्सरविरुद्धको खोपलाई नियमित खोप तालिकामा समावेश गरेको छ । योसँगै आगामी वर्षदेखि ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)विरुद्धको खोप सबै १० वर्षका बालिकालाई दिइनेछ ।

आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म १५ दिन देशव्यापी अभियानको रूपमा अघि बढाउन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले मंगलबार आयोजना गरेको शिक्षा पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा १६ लाख ८८ हजार ७६८ किशोरीहरूलाई एचपीभी खोप दिन लागिएको जनाएको हो ।

विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्म्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिन लागिएको हो ।

प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार  ३ : ०२ बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।