काठमाडौं । कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यू-१९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ ।
मलेसियालाई शुक्रबार ७ विकेटले हराउँदै नेपालले आइसिसी यू-१९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो ।
मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान पुजा महतोले अविजित २३ रनको पारी खेलिन् । सिमाना केसी ४ रनमा अविजित रहिन् । मलेसियाकी मार्सियाले ३ विकेट लिइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ४५ रन बनाएको थियो । नुरिमानले सर्वाधिक १५ रन बनाएकी थिइन् । नेपालकी कप्तान पुजाले ३.५ ओभरमा ९ रन दिएर ४ विकेट लिइन् । रचना चौधरीले ३ तथा सिमाना केसी र रिया शर्माले १-१ विकेट हात पारे ।
पूजा महतो आईसीसी यू-१९ महिला टी-२० विश्वकपमा समूह चरण र प्लेअफका खेलहरूसम्म आइपुग्दा सर्वाधिक विकेट लिने बलर समेत बनेकी छन् ।
नेपाल समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो ।
प्रतिक्रिया