काठमाडाैं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।
आज छापावाला सुन प्रतितोला १ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।
गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ६० हजार ६०० रुपैयाँमा काराेबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार ८६५ रुपैयाँमा किनबेच भईरहेको छ ।
शुक्रबार चाँदी प्रतितोला १ हजार ८८० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया