Logo

अर्थ

१० अंकले घट्याे सेयर बजार, ८ अर्ब ९२ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.६१ अंकले घटेर २६३३ को विन्दुमा कायम भएको छ ।

आज १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको मूल्य घटेको छ ।

आज ८ अर्ब ९२ करोड माथिको सेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको २९ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.४६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार १५:१२   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।