काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २४.५० अंकले बढेर २६५७ को विन्दुमा कायम भएको छ । आज १७७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६० कम्पनीको मूल्य घटेको छ ।
आज ९ अर्ब ४० करोडको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार भएको छ । यस कम्पनीको ३८ करोड २१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, सिक्लेस हाइड्रोपावर, जानकी फाइनान् र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै दोल्ती पावरका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया