Logo

अर्थ

तोलामा १४०० बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँ बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार ११:२०   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।