काठमाडाैं । चीनको नयाँ ऊर्जा गाडी एनइभी (एनइभी) निर्माण गर्ने कम्पनी बिवाइडी ले ‘बिवाइडी सेनजेन’ सार्वजनिक गरेको छ ।
यो संसारकै ठूलो रोल–अन/रोल–अफ कार क्यारियर रहेको कम्पनीको भनाइ छ ।
यस क्यारियरले ९ हजार २०० गाडी बोक्न सक्ने क्षमता राख्ने र यो बिवाइडी को दिगो यातायात र अन्तर्राष्ट्रिय विस्तारतर्फको महत्त्वपूर्ण कदम रहेको कम्पनीले बताएको छ ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज एलएनजी डुअल–फ्युल प्रविधि, बिवाइडी का अत्याधुनिक ब्याट्री प्याक र सफ्ट जेनेरेटरद्वारा सञ्चालित छ । यी प्रविधिले बिवाइडी सेनजेनलाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको कम्पनीको दाबी छ ।




















प्रतिक्रिया