Logo

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीमा अलिसाको डेब्यू



काठमाडाैं । युवा विकेटकिपर ब्याटर अलिसाकुमारी यादवले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेकी छिन् । आइसिसी यू-१९ महिला विश्वकप खेलेर फर्किएकी अलिसाले बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्धको खेलमा डेब्यू गरेकी हुन् ।

उनलाई राष्ट्रिय टोलीकी कप्तान इन्दू बर्माले डेब्यू क्याप दिएकी थिइन् ।

१८ वर्षीय अलिसा घरेलु क्रिकेट मधेश प्रदेशबाट खेल्ने गर्छिन्।

त्रिवि मैदानमा नेदरल्यान्ड्सविरूद्ध हुने पहिलो खेलमा नेपालले फिल्डिङ गरिरहेकाे छ । नेदरल्यान्ड्सविरूद्धकाे खेलमा उनले विकेटकिपिङ गरेकी छिन् ।

त्रिवि मैदानमा सुरू भएको महिला त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र नेदरल्यान्ड्ससँगै थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार १३:२१   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।