Logo

खेलकुद

महिला टी-२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल पराजित



काठमाडाैं । अन्तर्राष्ट्रिय महिला टी-२० सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार सुरु भएको सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको हो ।

नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १३७ रन मात्र जोड्न सक्यो।

नेपालका लागि सीता रानामगरले ४५ बलमा २८ रन, पूजा महतोले १४ बलमा २४ रन र कविता कुँवरले १७ बलमा २७ रन जोडिन्। पूजाले २ चौका र २ छक्का तथा कविताले १ चौका र २ छक्का प्रहार गरे।

बलिङमा नेदरल्यान्ड्सकी डि लाङगा र इभा लियन्चले २-२ विकेट लिए।

त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा १५७ रन जोड्यो। नेदरल्यान्ड्सका लागि रोबिन रिज्कीले नटआउट ५९ रन र आइरिस ज्वेइलिङ १३ बलमा ३१ रन जोडिन्।

बलिङमा नेपालका कविता कुँवर, पूजा महतो, इश्वरी विष्ट र सीता रानामगरले १-१ विकेट लिए।

 

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार १५:३३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।