काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ। शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।
यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।




















प्रतिक्रिया