काठमाडाैं । आज सेयर बजारमा गिरावट आएकाे छ । नेप्से परिसूचक ११.४९ अंकले घटेर २,६८८ को विन्दुमा कायम भएको छ । आज ६८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज ८ अर्ब ३९ करोड माथिको सेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यस कम्पनीको ३१ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सेन्ट्रल फाइनान्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ६.५२ प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया