काठमाडौं। ताप्लेजुङको पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा व्यापारी चन्द्र ढकाल नेतृत्वको आईएमइ समूहले केबलकार निर्माणको विरोधमा गरिएको प्रदर्शनमा गोली हान्न आदेश दिने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी (सिडीओ) नेत्र प्रसाद शर्मालाई मन्त्रलाय तान्ने तयारी भईरहेको छ।
माघ १२ गते स्थानीय पाथिभरा क्षेत्रमा मुकुम्लुङ बचाउ अभियानले गरेको विरोधमा गोली प्रहारबाट २ जना गम्भीर घाईते भएका थिए भने अश्रुग्यास र लाठी प्रहारबाट ५ जना प्रदर्शनकारीहरू घाईते भएका थिए।
यस घटनाका बिषयमा सिडीओ शर्मामाथि सरकारले अनुसन्धान गरी कारबाहीको प्रक्रिया अघि बढाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ। सिडीओ शर्माले सुरुमा भिड नियन्त्रणका लागि भन्दै प्रहरी खटाएको भएपनि एक्कासी गोली चलाउने आदेश दिएकाले उनलाई गृह मन्त्रालय फिर्ता बोलाउने तयारी भईरहेको स्रोतको भनाई छ।
यस घटनापछि सरकारी अधिकारीहरूले भिड व्यवस्थापन र सुरक्षासम्बन्धी नीति समेत पुनरावलोकन गर्ने तयारी भईरहेको स्रोतले जनाएको छ।
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा एक व्यापारिक समूहले जबर्जस्ती केबलकार बनाउन थालेपछि स्थानीय स्तरमा विरोध चुलिएको छ। मन्त्रालयले यस घटनाबारे विस्तृत अनुसन्धान गरिरहेको छ। गोली प्रकरणमा सिडीओको भूमिकाबारे चौतर्फी रुपमा प्रश्न उठेको भन्दै मन्त्रालयले उनलाई तत्काल केन्द्र तान्ने तयारी गरेको हो। पाथीभरामा भएको यस किसिमको अमानवीय घटनाले स्थानीय प्रशासन र सुरक्षाकर्मीको भूमिकाप्रति कडा आलोचना भएको छ।
पाथीभरामा बनाउन लागिएको केबलकारको माथिल्लो स्टेसनको निर्माण कार्य रोक्ने आन्दोलनरत पक्ष र सरकारबीच सहमति जुटेसँगै ‘नो केबलकार समूह’ले आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो । तर आज सरकारी टोलीसँग वार्ता बिथोलिएसँगै ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ)मा केबलकार बनाउन नहुने पक्षमा रहेको ‘नो केबलकार समूह’ले सोमबार थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ ।
यता व्यापारी चन्द्र ढकालले भने अबको १ बर्षमा जसरी भएपनि केबलकार निर्माण गरेरै छाड्ने बताएका छन् । ढकालले अबको ठ्याक्कै एक बर्षमा केबलकार चढाएर तपाईहरुलाई पाथीभरा देवीको दर्शन गराउने हो भन्दै पाथिभरामा केबलकार बनाएरै छाड्ने बताएका हुन् ।
पाथीभरामा केबलकार बनाउन ढकालले विभिन्न किसिमबाट माहोल सिर्जना गर्न थालेका छन् । स्थानीयभन्दा जिल्ला बाहिर बस्नेहरुले पाथीभरामा केबलकार बन्न नहुने अस्वाभाविक चासो राखेको ढकालले आरोप लगाएका छन् ।



















प्रतिक्रिया