काठमाडौं । जननिर्वाचित संसदप्रति प्रधानमन्त्रीको भूमिकालाई लिएर टिका टिप्पणी सुरु भएको छ ।
देशको ढुकुटी रित्तिदै गएको, अनुदान र सहयोगको स्रोत घट्दै गएको कारण सरकारले बजेटको आकार घटाएको छ । अर्थमन्त्री विष्णु पौडेलले स्रोत सुनिश्चित नगरी हचुवाको भरमा आयोजना छनौट गरेर रकम राखिँदा समस्या भएको भन्दै चालू वर्षको १८ अर्ब ६० अर्बबाट १६ खर्ब ९२ अर्बमा झार्न बाध्य भए ।
यही हिसाबले अर्को वर्षका निम्ति अर्थमन्त्री पौडेललाई आर्थिक स्रोत जुटाउन त्यति सजिलो छैन आर्थिक विज्ञहरु भन्छन् । एउटा विकासोन्मुख देशका निम्ति बजेटको आकार घटाउनु पर्ने बाध्यता भनेको त्यस्तो देशको ढुकुटी रित्तिदै गएको, वैदेशिक सहायता र सहयोग आउन छाडेको स्पष्ट हुन्छ जानकारहरु भन्छन् ।
देश यसरी आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा प्रधानमन्त्री केपी ओली संसद छलेर टिकटकका हिरो-हिरोइनसँग भेटेको तस्वीर आफैले सामाजिक सञ्जालमा पोष्ट गरे पछि व्यापक आलोचना भइरहेछ भने देशका प्रधानमन्त्रीलाई देशको समस्या भन्दा व्यक्तिगत रमाइलोमै केन्द्रिय भएको भन्दै आलोचना भइरहेछ ।
जबकी संसदको दोस्रो वैठकमा प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोल्ने कार्यक्रम थियो । दुनियाँको कुनै पनि संसदमा प्रतिपक्ष दलका नेताले बोल्दा त्यस देशका सत्ता प्रमुख संसदमा उपस्थित भएर प्रतिपक्षका नेताले के बोल्छन् भनेर प्रतिक्षा गर्छन् ।
चालू संसद अधिवेशनको पहिलो दिन आफ्नो कुरा राखिसकेका प्रधानमन्त्रीले २४ गतेको दोस्रो बैठकमा प्रमुख प्रतिपक्ष दलका नेताको कुरा सुन्न प्रम ओलीलाई फुर्सद नहुनु र कार्य व्यस्तता भन्दै टिकटकेहरुसँग भेटेको विषय आफै सार्वजनिक गर्नले यति बेला प्रम ओलीको कार्यशैलीलाई लिएर जुन स्तरमा टिका-टिप्पणी भइरहेछ त्यसले प्रम ओलीको लोकप्रियतामा ह्रास आइरहेको राजनीतिक विश्लेषकहरु भनिरहेछन् ।
जबकी सरकार प्रमुखका रुपमा प्रधानमन्त्रीको संसद प्रति हुनुपर्ने जवाफदेही नभएको विषय पनि अहिले टिका-टिप्पणीको कारण बनेको छ । संसद प्रति प्रधानमन्त्रीको जवाफदेही नहुनुले संसदीय गरिमा खस्किदै गएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
राजनीतिक जानकारहरु भन्छन् पछिल्लो राजनीति परिवर्तन पछि उत्पन्न भइरहेको देशको गम्भीर समस्याहरुको कुनै नेतालाई राम्रो जानकारी छ भने मात्र केपी ओलीलाई छ । यो समस्याको जड कसरी सच्याउन सकिन्छ त्यो पनि केपी ओली बाहेक अरु कुनै नेतालाई थाहा छैन ।
यसका बावजुद चौथौ पटक सत्ताको नेतृत्व गरिरहेका केपी ओलीलाई यस्ता समस्या टुंग्याउन केले रोक्यो उनीहरु भनिरहेछन् । प्रधानमन्त्री ओलीको पछिल्लो गतिविधिले आम जनतामा पनि ओली प्रतिको विश्वसनीयता खस्किदै गएको खबर चर्चा साप्ताहिकमा उल्लेख छ ।
कतै स्वार्थ समूहले प्रम ओलीलाई असफल बनाउन सफल भइरहेका छन् कि भन्ने देखिदैछ राजनीतिक जानकारहरु भन्छन् । अन्यथा संसद प्रति उत्तरदायी नभएर, देशको समस्या समाधानमा ध्यान नदिएर बालुवाटार मै रमाउनुको कुनै अर्थ नहुने उनीहरु भन्छन् ।
यतिबेला प्रधानमन्त्री ओली देशको समस्या समाधानमा जति सक्रिय हुनुपर्ने हो नभएको, गहिरीदै गएको आर्थिक र राजनीतिक संकट समाधान गर्नेतिर ध्यान नदिएको देखिन्छ राजनीतिक बुद्धिजीवीहरु भन्छन् ।
देशको राजनीतिक अवस्था अझ संवेदनशील बन्न सक्ने, आर्थिक क्षेत्र कमजोर हुने, जनतामा निराशा बढ्ने, सरकारको कार्यशैली प्रति आक्रोश चर्कने जस्ता विषय अझ पेचिलो बन्न सक्ने देखिन्छ राजनीतिक बुद्धिजीवीहरु बताउँछन् ।
प्रधानमन्त्री केपी ओली विगतमा जस्तो सक्रिय नभएर बालुवाटारमै निस्क्रिय भइरहेको स्थितिले यसै भन्न सकिन्न के हुन्छ उनीहरु भन्छन् ।




















प्रतिक्रिया