Logo

अर्थ

एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त



काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले सेयर निष्कासन गर्ने भएको छ । प्रति सेयर अंकित मूल्य रु.१०० दरका २० लाख ८० हजार कित्ताले हुन आउने  २० करोड ८० लाख बराबरको साधारण सेयर सर्वसाधारणमा जारी गर्न लागिएको हो ।

उक्त सेयर निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । जसमा इनर्जीका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

एसके इनर्जीले भोजपुरमा ७.२ मेगावाट क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

प्रकाशित मिति : २९ माघ २०८१, मंगलवार १३:४६   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।