Logo

प्रमुख समाचार

उपेन्द्र अध्यादेशको विपक्षमा उभिएपछि कांग्रेस–एमाले उच्चस्तरीय संयन्त्रको बैठक, के-के भयो छलफल



काठमाडौं । सत्ता गठबन्धनका मुख्य घटकहरु नेपाली कांग्रेस र एमालेका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बसेको छ ।

सरकारले ल्याएका विभिन्न ६ वटा अध्यादेश सदनमा टेबुल हुन ढिलाई भैरहेको र आजमात्रै जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी अध्यादेश दुवै सदनबाट अस्विकार गर्ने निर्णय लिएको थियो ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बालुवाटारमा बसेको र उपेन्द्र यादव अध्यादेशको विपक्षमा उभिएपछि नयाँ रणनिति बनाएर जाने सहमति भएको एक नेताले जानकारी दिए ।

यही सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय संयन्त्रको बैठक बोलाएका थिए । कतिपयले अध्यादेश नै अस्विकार हुने अवस्था सिर्जना भएपछि प्रधानमन्त्री ओली दबाबमा रहेको चर्चा गरेका छन् । आजमात्रै झलनाथ खनालले अध्यादेश अस्विकार भए प्रधानमन्त्री ओली नैतिक रुपमा पदमा बस्न नमिल्ने तर्क गरेका छन् ।

जसपा नेपालले भुमी सबन्धी अध्यादेशको बिपक्षमा मतदान गर्ने

जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारले ल्याएको भुमी सबन्धी अध्यादेशको बिपक्षमा उभिने भएको छ ।

केपी ओली नेतृत्वको सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये ५ अध्यादेशमा सकारात्मक देखिए पनि जसपा नेपाल भूमिसम्बन्धी अध्यादेशका बारेमा भने सुरू देखी नै फरक मत राख्दै आएको थियो ।

मंगलबार बसेको जसपा संसदीय दलको बैठकले सो अध्यादेशको बिपक्षमा मतदान गर्ने निर्णय गरेको हो । अरु अध्यादेशको पक्षमा मतदान गर्ने निर्णय गरेपनि भूमि सम्बन्धी अध्यादेश राष्ट्रको हित विपरीतका प्रावधान राखिएको भन्दै विपक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मृगेन्द्रकुमार सिंहले सञ्चारकर्मीसँग भने ।

प्रकाशित मिति : माघ २९, २०८१ मंगलबार  ९ : ३४ बजे

1.002k
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।