काठमाडौं । बुधबार एकैदिन सुनको मूल्य तोलामा २७ सय रुपैयाँ घटेको छ ।
बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन १ लाख ७० हजार २ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९४५ रुपैयाँ रहेको चाँदी आज १९३० रुपैयाँमा झरेको छ ।




















प्रतिक्रिया