Logo

प्रमुख समाचार

संसद् विघटन गरेर केपी ओलीले सबैभन्दा खतरनाक कम्युनिष्टविरोधी काम गरेको हो : झलनाथ खनाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सममानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी ओलीले संसद् विघटन गरेर सबैभन्दा खतरनाक कम्युनिष्टविरोधी काम गरेको आरोप लगाएका छन् ।

ओलीले संसद् विघटन गरेकै कारण पार्टी फुटेको खनालको आरोप छ ।

बिहीबार राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आजको एकमात्र विकल्प भनेको वैज्ञानिक समाजवाद भएको निश्कर्ष सुनाए । त्यसको लागि क्रान्तिकारी कार्यदिशा लिएर अघि बढ्नुपर्ने आवश्यकत्तापनि खनालले बताए ।

सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्था भयो भने प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता प्रदर्शन गर्नुपर्ने खनालको सुझाव छ । उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिनपनि सुझाव दिए ।

खनालले विगतमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले विद्येयक फेल हुँदापनि राजीनामा दिएको इतिहास स्मरण गराए ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार ०९:५१   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।