Logo

प्रमुख समाचार

पार्टीको १५औं महाधिवेशन धकेल्ने मुडमा देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षीय नेताहरुसँग पार्टीको महाधिवेशन एक वर्ष धकेल्नेबारे छलफल गरेका छन् ।

आज (शुक्रबार) बुढानीलकण्ठमा भएको छलफलमा सभापति देउवाले पार्टीको १५औं महाधिवेशन २०८२ मंसिरमा गर्न नसकिने बताएका हुन् । महाधिवेशनको तयारी सुरु नै नभएको भन्दै उनले वर्तमान कार्यसमितिको म्याद एक वर्ष थप्नेबारे आफूपक्षीय नेताहरुसँग सल्लाह मागेको बताइएको छ ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाण, एनपी साउदलगायत सहभागी थिए । बैठकमा सहभागी नेताहरुलाई सभापति देउवाले अहिले नै कुनै पनि पदमा उम्मेदवारी घोषणा गर्दै नहिँड्न सचेत गराए । पार्टीलाई एक ढिक्का बनाएर महाधिवेशनमा लानुपर्ने देउवाको धारणा रहेको बैठकमा सहभागी एक नेताले रिपोर्टर्स नेपाललाई बताए ।

प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार  ७ : ०० बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।