Logo

प्रमुख समाचार

विद्याको सक्रियता बढ्दा ओली सशंकित, क्रान्तिकारीको चुनावले प्रचण्डलाई पार्यो पिर !



काठमाडौं । अर्को दश वर्ष आफू राजनीतिमा सक्रिय भइरहने भन्नु भएका प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली केही दिन यता पूर्वाञ्चल पुगेर पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको चहल-पहल र उनको भनाईबाट निकै सशंकित देखिनु हुन्छ ।

आगामी १०औं महाधिवेशनमा पनि आफै अध्यक्ष हुने गरी अध्यक्ष केपी ओलीले यही फागुनमा विधान सम्मेलन गर्ने तयारी थाल्नु भएको छ । सरकारले पनि गति नलिने, पार्टी एक पछि अर्को तहमा कमजोर हुने, कार्यकर्ता सदस्यता नविकरण नगर्ने रोग एमालेमा बढेको छ । प्रधानमन्त्री ओलीकै कार्यकालमा पार्टी नेतृत्वको परिवर्तन खोजिदै छ ।

पूर्व राष्ट्रपति विद्या भण्डारीको पूर्वाञ्चल बसाईबाट ओली बढी आतंकित छन् । सरकारले कतै जनसमर्थन पाएको छैन । माफीया र तस्करको पक्षमा प्रधानमन्त्री छन् । उनको लागि सत्ता र शक्तिको आँट हुन सक्छ । तर, जनताको समर्थन छैन ।

प्रशासनिक क्षेत्र तहस-नहस छ । आन्तरिक ऋण लिन बाध्य सरकार कार्यकर्ता पोस्न भत्ता र तलवमा रमाएको छ । देशको राजश्वले पनि थेग्न नसक्ने तलव भत्ता बाँडेर पूँजीगत खर्च धान्न नसक्दा समेत सेतो हात्ती सरहका नेता पूर्व राष्ट्रपतिले तलव भत्ता लिन्न भन्न सक्दैनन् ।

प्रधानमन्त्री विपक्षी दलका नेता तथा भूपूहरुको सेवा सुविधा नै कटौती गर्नु पर्ने स्थितिमा आई सक्थे । तर, प्रधानमन्त्री केपी ओलीको लागि देश विकासको रफ्तारमा छ भन्ने भाषण फेरिदैन ।
पार्टीमा पनि उस्तै छ । दूरसंचार सेवा प्रदायक नेपाल टेलिकमले विलिङ्ग सिष्टम खरिदमा २५ करोड माग्दा ७५ करोड दिने मन्त्री पनि एमाले कै हुन् ।

कोरोना कालमा ६३ करोड ८० लाखको स्वास्थ्य उपकरण खरिदमा लापरवाही गर्ने तिनै हुन् । एमालेको नेतृत्वमा केपी ओली रहेसम्म पार्टी पनि बढ्दैन जुनसुकै माहोल खडा गरे पनि कार्यकर्ता पंक्ति जनता समक्ष जाने आँट नगर्नुमा सरकारकै असफलता भनिदैछ ।

प्रधानमन्त्रीले मधेशमा आन्दोलन चर्काएका छन् । गरिव माथि शोषण गर्ने मिटर ब्याज प्रेमीहरुलाई कारवाही चलाएर गरिवको घर जग्गा फिर्ता गराउने आयोग माथि नै ओली सरकारले असहयोग गरेको छ ।

प्रधानमन्त्रीका कुरा जनताको पक्षमा भए पनि व्यवहारमा भ्रष्ट र लुटेराका पक्षमा भएपछि हतास हुन पर्ने अवस्था छ । त्यही कारण विद्यादेवी भण्डारीको कुरा आएको हो ।

संसदमा जुध्न सक्ने आँट यो सरकारसँग छैन । किनकी प्रमको तहबाट जे भएका छन् त्यसले अर्थतन्त्र कमजोर बनाएको छ । संसदमा यो विषय उठाइएको छ ।

इर्ष्या र डाहाबाट ग्रस्त ओलीका राम्रा काम नभएकै कारण सामाजिक सञ्जालहरु भरिएका छन् । एमालेजन पनि वर्तमान सरकारबाट सन्तुष्ट छैन । प्रधानमन्त्री पार्टीकै अध्यक्ष छन् । तर, नेकपा एमालेले आफ्नै चुनाव घोषणा पत्र लत्याएको छ ।

प्रधानमन्त्रीको सम्वृद्धि र विकासको सपना झुट सावित गराउन प्रम नै लागेको अवस्था छ भने आफ्नै छायाँसँग उनी डराउनु समयको बाध्यता हो । जहाँ दलालहरुले काँध हालेर पनि केही हुन्न, एमालेमा ओली रहेसम्म पार्टी पनि बन्दैन, सरकारले गति पनि लिदैन ।

क्रान्तिकारीको चुनावले प्रचण्डलाई पार्यो पिर

माओ केन्द्रको शक्तिशाली भातृ संगठन अखिल क्रान्तिकारीको चुनाव नतिजाले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वलाई जनार्दनले चुनौती दिएको मान्नु पर्छ पार्टी कै केही नेताहरु भनिरहेछन् ।क्रान्तिकारीको अध्यक्षमा प्रचण्डका उम्मेदवार मात्र विजयी हुँदा अरु सबै पदाधिकारी जनार्दन पक्षका रहेका छन् ।

पार्टी उपाध्यक्ष नारायणकाजी पक्षका सबै उम्मेदवार पछारिए। क्रान्तिकारीको चुनाव परिणाम पछि जनार्दनको प्रतिक्रियाले पनि माओ केन्द्रमा अधिकांश नेता-कार्यकर्ता पुस्तान्तरणको पक्षमा रहेको देखिन्छ । यसले ३० वर्षदेखि पार्टी नेतृत्व गर्दै आएको प्रचण्डलाई सोच्न बाध्य पारेको पार्टीका नेताहरु बताउँछन् ।

एमालेमा केपी ओली नेतृत्व नछाड्ने, कांग्रेसमा शेरबहादुर देउवा पार्टी नेतृत्व छाड्नु पर्ला भनेर पार्टी महाअधिवेशन गर्नै नमान्ने, माओ केन्द्रमा पार्टी नेतृत्व छोडे आफूले स्थापित गरेको पार्टी कसैले चलाउन नसक्ने भन्दै पार्टी नेतृत्व हस्तान्तरणको कुरै नगर्ने स्थितिमा जनार्दन शर्माहरु अब पार्टी नेतृत्वमा पुस्तान्तरण हुनु पर्छ भन्न थालेका हुन् ।

पार्टी र सत्ता नेतृत्व आफूले मात्र गर्नु पर्छ भन्ने प्रचण्डको मानसिकता बुझेर बाबुराम भट्टराईहरु पार्टी छोडेर भागेको माओ केन्द्रका केही नेता बताउँछन् ।

क्रान्तिकारीको चुनाव परिणामले अब धेरै समय पार्टीमा आफ्नो नेतृत्व खिया लागेको फलाम हुन सक्ने अध्यक्ष प्रचण्डले बुझ्नुपर्छ गत संसदीय चुनावको परिणामले पनि प्रचण्डको नेतृत्वमा अब पार्टी धेरै समय टिक्न सक्दैन भन्ने प्राप्त सिट संख्याले देखाउँछ उनीहरु भन्छन् ।

बेलैमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी संगठन बलियो बनाउने, नेतृत्व तहलाई जनतामा जान प्रेरित नगर्ने हो भने पार्टी र जनता बीचको सम्बन्ध अझ टुट्ने भन्दै पार्टीकै केही नेताहरु चिन्तित छन् ।
गत पार्टी महाधिवेशन पछि माओ केन्द्रमा पुस्तान्तरणको विषय निकै चर्किदै गएको छ । पार्टी भित्र जनार्दन शर्माहरु निकै बलियो बन्दै गएका छन् ।

महाधिवशेनमा अध्यक्ष लगायत सबै पदाधिकारी निर्वाचित हुनुपर्छ भन्दैआएकाहरुलाई जिल्याउँदै अध्यक्षमा प्रचण्डको एकल निर्वाचन पछि पार्टी अधिवेशन समाप्त पारेर प्रचण्डले महासचिवमा देव गुरुङ्गलाई मनोनयन गरेपछि शर्माहरु विचलित बनेका हुन् ।

पार्टीका वैठकहरुमा शर्मा र उनका पक्षले निरन्तर फरक मत राख्दै अव पुस्तान्तरण नगरे पार्टी सखाप हुने भन्दै आएका छन्, चर्चामा उल्लेख छ । क्रान्तिकारीको चुनाव परिणामले प्रचण्डलाई पार्टी नेतृत्वमा आफ्नो विकल्प खोज्न शुरु भएको बुझ्न कठिन नहुने शर्मा पक्षका नेताहरु भन्छन् ।

प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार  ८ : ०० बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।