काठमाडौँ । अध्यादेशको अड्चनमा परेको सत्तारूढ दलको संयुक्त बैठक बस्दैछ ।
जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सम्बन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने भन्दै धारणा सार्वजनिक गरेपछि नैतिक संकटमा परेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको हो । बैठक बिहान ११ः०० बजे बस्नेछ ।
हिजो बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यदलले आज सत्तारूढ दलको बैठक बोलाउने निर्णय गरेको हो ।
आजको बैठकमा संविधान संशोधन सम्बन्धी कार्यदलले आफ्नो धारणा पनि बैठकमा राख्नेछ भने सत्य निरूपण तथा मेलमिलाप आयोगका बारेमा पनि छलफल गरिने जनाइएको छ ।




















प्रतिक्रिया