Logo

खेलकुद

क्यानको प्रशिक्षकमा आवेदन माग



काठमाडौं । रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले शनिबार मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको हो। आगामी १६ गतेसम्म आवेदन दिन सकिने क्यानले जनाएको छ।

मुख्य प्रशिक्षकका लागि कम्तिमा ईसिबी वा सिएबाट लेभल ३ को पार गरेको हुनुपर्ने, कम्तिमा ५ वर्ष व्यवसायीयक रुपमा प्रशिक्षणको अनुभव हुनु पर्ने, क्रिकेट कल्चर तथा एसोसिएट राष्ट्रको ओडिआई साईकलबारे जानकार हुनुपर्ने क्यानले जनाएको छ।

प्रकाशित मिति : ३ फाल्गुन २०८१, शनिबार २०:३८   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।