Logo

प्रमुख समाचार

महिला, दलित, आदिवासीलाई अधिकार दिएको ओलीजीलाई मन परेको छैन : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई महिला, दलित, आदिवासीलाई अधिकार दिएको मनै नपरेको बताएका छन् ।

शनिबार झापाको दमकमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान बनाउने बेलामा नै ओलीले संघीयता, समावेशी समानुपातिक व्यवस्था अस्वीकार गरेको बताएका हुन् ।

‘केपी ओलीजी संविधान बनाउने बेलामा संघीयता पनि ठीक छैन, समावेशी समानुपातिक भनेर महिला, दलित, आदिवासीलाई अधिकार दिएको मन परेको छैन । के गर्नु माओवादीले आँधीहुरी ल्यायो, सबैले माने, मैले पनि मान्नैपर्‍यो भनेका मान्छे हुन्,’– उनले भने ।

माओवादीले आँधीहुरी ल्याएपछि मन नपरेपनि ओलीले यी व्यवस्था स्वीकार गरेको उनले बताए । प्रधानमन्त्री ओलीले पावरमा पुगेपछि अहिले संविधान नै च्यात्ने प्रयत्न गरिरहेको उनको आरोप छ । ‘तपाईंहरुले यो कुरालाई विचार गर्नुहोला, उहाँ पावरमा पुगेपछि संविधान च्यात्न खोज्नुहुन्छ,’– पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने ।

प्रकाशित मिति : फाल्गुन ३, २०८१ शनिबार  ९ : ४९ बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।