ललितपुरबाट दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित ६ जनालाई पक्राउ गरि प्रहरीले सार्बजनिक गरेको छ । महालक्ष्मी नगरपालिका ४, इमाडोलबाट करिब ३ इन्च लम्बाइ र १ फिट चौडाइ भएको १ थान दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका २ का ४३ वर्षीय सुनील गोले, भक्तपुर ठिमी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका ४ का २४ वर्षीय प्रकाश तामाङ, ललितपुर टीकाथली बस्नेहरु भोजपुर ट्याम्केमैयु गाउँपालिका २ का ४१ वर्षीय सनकुमार राई, खोटाङ दिक्तेल नगरपालिका ३ घर भएका १८ वर्षीय किशोर, ललितपुर इमाडोल बस्नेहरु ताप्लेजुङ फक्तङलुङ गाउँपालिका ४ का ३५ वर्षीय दीपक लिम्बू र सिन्धुली तिनपाटन गाउँपालिका ३ का २४ वर्षीय अम्बरबहादुर तामाङ छन् ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।





















प्रतिक्रिया