काठमाडाैं । नेको इन्स्योरेन्सले आज देखि हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले हाल कायम ४ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।
जस अनुसार कम्पनीले ५० करोड ३० लाख ९० हजार १५५ रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्कासन प्रयोजनको लागि कम्पनीले माघ १८ गते बुक क्लोज गरेको छ । यस अनुसार माघ १५ गतेसम्मका कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् ।
उक्त हकप्रद सेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।




















प्रतिक्रिया