Logo

अर्थ

सिटिजन लाइफ इन्स्योरेन्सको बोनस सेयर घोषणा



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई कायम चुक्ता पूँजीको २६.९८ प्रतिशत बोनस सेयर दिने भएको हो । साथै सो बोनस सेयरका लागि कर प्रयोजनार्थ १.४२ प्रतिशत नगद लाभांश पनि प्रदान हुने छ ।

यो लाभांश बीमा प्राधिकरण तथा आगामी साधारणसभाबाट स्वीकृतपश्चात प्रदान हुने कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ । बोनस सेयरपश्चात कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८१, शुक्रबार १०:०५   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।