काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसर पारेर मुख खोलेका छन्। उनले कडा प्रस्तुतिसहित मुख खोलेपछि राजनीतिमा तरंग फैलिएको छ ।
२०६५ साल जेठमा नारायणहिटी दरबार छाडेर हिंडेपछि पनि बेला बखत देश र जनताको चिन्ता गर्दै बक्तब्य दिदै आएका छन् भने यस पटक पनि आफूलाई साथ दिनका लागि नेपाली जनतालाई आह्वान गरेका छन् ।
साथै ज्ञानेन्द्रले आफूले देशमा शान्ति, सुब्यवस्था र समृद्धि छाओस् भनेर गरेको त्यागलाई कमजोरी नठान्न पनि घुमाउरो हिसाबले चेतावनी दिएका हुन् ।र्वराजा ज्ञानेन्द्रको यस पटकको विज्ञप्ति कुनै आवेग, आक्रोश वा लहडको भरमा नआएको बताएका छन् ।
केही राजनीतिजिवीहरुले ज्ञानेन्द्रको विज्ञप्तिलाई बाहिर जसरी उडाउने कोशिस गरिरहेका छन् भित्रभित्र भने उनीहरु तर्सिएको अवस्था छ । ज्ञानेन्द्रले देशको अवस्थाका विषयमा त यस अघि पनि पटक पटक बोल्दै आएका थिए तर यस पटक राष्ट्र जोगाउनका लागि आफूलाई साथ दिन नेपाली जनतालाई आग्रह समेत गरे ।
उनले राजनीतिकर्मीहरुलाई पनि आफ्नो त्यागलाई कमजोरी नठान्न चेतावनी दिए। ज्ञानेन्द्रको फागुन ६ गतेको विज्ञप्ति वृहत् विमर्शपछि नै आएको हो भन्ने बुझ्नु पर्दछ । देशभित्र र बाहिर विकसित परिस्थिति आफ्नो अनुकूल हुने देखेपछि नै उनले आफूलाई साथ दिनका लागि जनतालाई गुहारेका हुन्।
ज्ञानेन्द्रको आह्वानप्रति सर्वसाधारणदेखि देशभक्त सवैले निकै सकारात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमा ज्ञानेन्द्रको आह्वानको साथमा छु भन्नेहरुको भीड लागेको छ ।
टिकटक, फेसबुक र ट्वीटरमा हजारौंले ज्ञानेन्द्रलाई साथ दिने बताएका छन् । दुई महिनादेखि काठमाडौं बाहिर रहेका ज्ञानेन्द्रले झण्डै डेढ महिना तर पश्चिम नेपालमा विताए । त्यस क्रममा दुई पटक भारतको लखनउ पुगेर त्यहाँको मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरे ।
ती भेटहरु र पश्चिम नेपालको बसाईका क्रममा वृहत् छलफल र योजनाहरु बनेको बुझिएको छ । ती योजनाहरु कसरी अघि बढ्छन् भनेर सीमित शक्तिहरुलाई मात्रै ज्ञान छ भन्ने पनि बुझ्नु जरुरी छ ।
पश्चिम नेपालबाट अहिले ज्ञानेन्द्र पोखरामा छन्। यी भ्रमणहरुमा उनी चार्टर्ड विमानबाट हिंड्ने गरेका छन् भने सुरक्षा व्यवस्था पनि सेनाको प्रत्यक्ष निगरानीमा सशस्त्र प्रहरीले गरिरहेको छ ।
सुरक्षाको जुन व्यवस्था अहिले ज्ञानेन्द्रका लागि गरिएको छ त्यो नेपालको बर्तमान सत्ताको चाहनाले भएको होइन भन्ने पनि बुझाई छ।
अकोतर्फ देशभित्र राजसंस्था पक्षधर शक्तिहरुलाई एकजूट गराउने अभियान पनि अघि बढेको छ । राजसंस्थावादीहरु विभिन्न झुण्डमा विभाजित भएकाले उनीहरुलाई एक ठाउमा ल्याउने काम अहिले भईरहेको छ ।
यही बीचमा अमेरिकी सरकारले नेपालमा हिन्दू अधिराज्यं विस्थापित गर्न कसरी खर्च गरिएको थियो भन्ने पनि पर्दाफास गरिदिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनले बाहिर ल्याएका तथ्यहरुले नेपालमा धेरैको मुखुण्डो उदांगिएको छ ।
त्यसरी मुखुण्डो उदांगिनेहरुमा आफूलाई कथित लोकतन्त्रवादी र परिवर्तन पक्षधर भन्नेहरु नै छन् । विदेशीको जुठो पुरोमा देश विरुद्ध सक्रिय भएकाको पर्दाफास यसरी भएको छ कि अब उनीहरु कुनै पनि हालतमा नेपाली समाजमा टिक्न र विक्न सक्ने अवस्था छैन ।
यसले पनि बर्तमान राज्य प्रणाली फाल्नै पर्छ भन्ने ठहर गर्न जनतालाई सजिलो भएको छ । यो राज्य प्रणाली फालेर राजासहितको प्रजातान्त्रिक पद्धती पुनस्थापना नगरेसम्म देश बढ्ने त छाडिदिउँ राष्ट्र नै जोगिदैन कि भन्ने ठहर जनताले नै गरेका छन् । त्यसैले अब ढिला चूप बसेर हुदैन भन्ने ठानेर नै राजा ज्ञानेन्द्रले हिम्मत गरेका हुन जानकारहरु बताउँछन् ।




















प्रतिक्रिया