Logo

प्रमुख समाचार

दुईवटा नागरिकता भएको आरोपवारे के भने ओलीले ?



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दुईवटा नागरिकता छ भन्दै प्रचार गर्नेहरुलाई जवाफ फर्काएका छन् ।

श्रीमती राधिका शाक्यको आत्मकथाकृति करुणाको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै भूमिगतकालमा नागरिक फ्याकेर हिँडेको र फर्केर आउँदा नभेटेपछि अर्को बनाउनुपरेको बताए ।

त्यसबारे उनको भनाइ

अस्ति मैले हेर्दै थिए केपी ओलीका दुईवटा नागरिकता, एउटा हरायो, म भूमिगत जाने बेलामा भागेर हिँड्ने बेलामा भएका प्रमाण नष्ट गर्ने बेलामा नागरिकता च्यापेर हिँड्छु त ? खल्तीमा? आफू को हुँ भन्नेकुरा लुकाएर हिँड्नुपर्ने बेलामा, केही नभएपनि मास्क लगाउनुपर्ने बेलामा, नागरिकता खल्तीमा हालेर हिँड्छ ?

नागरिकता फ्यालेर हिँडेको हो अब पछि गएर खोज्दा भेटिएन। अर्को बनाउनु परेन। अनि दुईटा भएन। के व्यहोरा फरक पर्यो ? व्यहोरा फरक परेको छैन, पर्न पनि हुँदैन।
मैले बाबुको नाम फरक पार्न सक्दिनँ, आमाको नाम अर्को राख्न सक्दिनँ। भूमिगत कालमा आफ्नो नाम फरकफरक पार्न परेको छ परिचय लुकाउनको लागि, तर मेरो बुबाको नाम अर्को भन्न सक्दिनँ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार ०६:००   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।