Logo

अर्थ

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ खुल्यो



काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।

कुल २२ लाख ५० हजार कित्ता सर्वसाधारण समूहको सेयरमध्ये वैदेशिक रोजगारमा रहेका, सामुहिक लगानी कोष, कर्मचारीलाई छुट्याएपछि बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि आज आइतबारदेखि खुलेको हो ।

न्यूनतम १० कित्ता आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत फागुन १५ गतेसम्म यसमा आवेदन दिन सकिनेछ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ ।

इक्रा नेपालले यस कम्पनीलाई बीबी माइनस रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आईतवार ०९:५५   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।