काठमाडाैं । ताप्लेजुङ प्रशासनले शनिबार रातीदेखि जारी गरेको निषेधज्ञा मंगलबार रातीबाट हटेकाे छ । नो केवलकार समूहको प्रर्दशन उघ्र बन्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले निषेधज्ञा गरेकाे थियाे । अहिले ताप्लेजुङकाे सदरमुकाम फुङलिङ र आसपासको जनजीवन बुधबारदेखि सामान्य बनेको छ ।
मुलुककै प्रसिद्ध धार्मिक स्थल ताप्लेजुङको पाथीभरा क्षेत्रमा निमाणधीन केबलकारको विरोधमा नो केवलकार विरोधी समूहले गत शनिबर साँझ सदरमुकाम फुङलिङको वीरेन्द्रचोकमा मसाल जुलुस निकाल्ने नाममा प्रहरीमाथि ढुङ्गामुढा गरेका थिए ।
उनीहरुले सर्वसाधारणको घरमा आगोको मसाल प्रहार गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुने पुगेको थियो । त्यसपछि सुरक्षा व्यवस्था कडा बनाउँदै ताप्लेजुङ जिल्ला प्रशासनले त्यसैरात फुङलिङसहित काफ्लेपाटी, तल्लोफेदीदेखि बलुडाँडा क्षेत्रसम्मम निषेधज्ञा जारी गरेको थियो ।
गएराती ११ बजेदेखि निषेधज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।
प्रतिक्रिया