Logo

प्रमुख समाचार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आह्वान, महिना दिनदेखि संसद्मा अलपत्र परेको अध्यादेशबारे निर्णय हुने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले शुक्रवार साँझ ५ बजे बस्नेगरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओली नेतृत्वको सरकार बनेपछि सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले १० सदस्यीय संयन्त्र बनाएका थिए । संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् ।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् । सरकारले ल्याएको अध्यादेशमा राष्ट्रियसभामा बहुमत पुग्न नसकेको कारणले एक महिनादेखि अगाडि बढ्न सकेको छैन ।

भोलिको बैठकले अलपत्र परेको अध्यादेशबारे निर्णय गर्ने स्रोतले जनाएको छ । भोलि नै अध्यादेशका लागि निर्णायक जसपा नेपालले पनि छलफल गर्दैछ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८१, बिहीबार २१:३३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।