Logo

प्रमुख समाचार

सत्तारुढ दल कांग्रेस र माओवादीमाथि किन खनिए बादल ?



काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले एमाले र एमालेको नेतृत्वबाट मात्रै मुलुकको अवस्था बदल्न सम्भव रहेको बताएका छन् । आज (शनिबार) एमाले मोरङको १० औं अधिवेशनलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरुबाट मुलुकको अवस्था नबद्लिने बताएका हुन् ।

उनले एमालेमात्रै क्रान्तिकारी पार्टी रहेको र एमालेको नेतृत्वमा मात्रै मुलुकका सबै समस्याको समाधान सम्भव रहेको दाबी गरे । ‘यिनीहरू (कांग्रेस, माओवादीलगायत) ले मुलुकको आर्थिक असमानता र गरिबीको खाडल सक्दैनन् । एमालेको नेतृत्वमा मात्र यो सम्भव छ,’– बादलले भने ।

उनले माओवादीको नीति, विचार र नेतृत्वले नेपालको अवस्था बदल्न सक्ने पार्टी हो भन्ने कुरा पुष्टि नगर्ने बताए । उनले माओवादी, कांग्रेसलगायतका दललाई अवसरवादी र अस्थिरतावादीको संज्ञा दिए । कांग्रेस, माओवादीलगायतका दलबाट नेपालमा समाजवाद स्थापना सम्भव नरहेको उनको दाबी छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८१, शनिबार २२:३५   :  बजे

615
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।