पोखरा । कांग्रेस नेता एनपी साउदले सरकारले दुई तिहाईको दम्भ देखाइरहेको भन्दै आपत्ति जनाएका छन् ।
नेपाल भूतपूर्व सैनिक संघको पहिलो गण्डकी प्रदेश अधिवेशनलाई शनिबार पोखरामा उदघाटन गर्दै साउदले दुई तिहाईको दम्भ छाड्नुपर्ने बताए ।
सरकारले दुई तिहाइको दम्भ देखाएर सुरक्षासँग सम्बन्धित कानून बनाउन नहुनेमा उनको जोड थियो ।
सरकारले संसदमा दर्ता गराएको नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधेययकमा सत्तापक्षकासहित १ सय बढी सांसदले संशोधन हाल्ने अवस्था आउनु राम्रो नभएको प्रतिक्रिया साउदले दिए ।
विधेयकमा सुरक्षा निकायको ‘चेन अफ कमाण्ड’ कमजोर बनाउने गरी निजामती प्रशासनमा अधिकार केन्द्रित गर्दा दूरगामी असर पर्न सक्ने विषयमा सरकारले गम्भीर नरहेको आरोप लगाए ।
साउदले दुई तिहाइको सरकार बनेको सात महिना बित्दासम्म संविधान संशोधनको दिशामा कुनै काम नभएकामा पनि असन्तुष्टि जनाए । संविधान संशोधनको नाममा दुई ठूला दल काँग्रेस र एमाले मिलेको स्मरण उनले गरे ।
प्रतिक्रिया