Logo

प्रमुख समाचार

शक्तिशाली सम्पत्ति जाँचबुझ आयोग बनाइयोस्, विगतको सरकारकै कारण नेपाल ग्रे लिष्टमा



काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण राजनीतिज्ञहरू नै हुन् । राजनीतिज्ञहरू भ्रष्टाचारमा संलग्न नहुने हो भने कर्मचारीतन्त्रले मात्र भ्रष्टाचार गर्न सक्ने सम्भावना न्युन हुन सक्छ ।

भ्रष्टाचार निर्वाचनसँगै जोडिएर आएको छ । निर्वाचनको समयमा एउटा दलसँग गठबन्धन गर्ने अनि सरकार बनाउँदा अर्को दलसँग गठबन्धन गरेर सरकार निर्माण गर्ने कार्यले भ्रष्टाचारलाई बढुवा दिँदै आएको इतिहास साँक्षी रहेको छ ।

सत्ताको मोल मोलाई गरेर फेरी सरकार ढल्यो यो नै भ्रष्टाचारको जड हो, हाम्रो सत्ता राजनीति सर्वाधिक दुषित रहेको अनुभव सबैलाई थाहाँ भएकै विषय हो अब यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी आवश्यकता रहेको छ ।

कानुन नै बनाएर त्यसलाई नियन्त्रण गर्न अहिलेको पहिलो आवश्यकता हो । निर्वाचन राज्यमाथि जनताको सार्वभौमसत्ता स्थापित गर्ने शक्तिशाली प्रयोग हो । निर्वाचन हुँदैन थियो भने हरेक नेता तानाशाह बन्ने सम्भावना प्रबल रहन्थ्यो ।

तर, निर्वाचन हुन्छ र नेताहरू मतदाताको नियन्त्रणमा हुन्छन् । तर, एउटा दलबाट निर्वाचित भएका व्यक्तिहरूले पार्टी विभाजन गरेर नयाँ पार्टीको निर्माण गरेर जनताले दिएको मतलाई वेवास्ता गर्दै जनतालाई धोका दिँदै आएको प्रमाण हामी कहाँ धेरै रहेका छन् ।

स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएका व्यक्तिहरू आर्थिक लाभ लिएर राजनीतिक दलमा प्रवेश गर्ने गरेका हुनाले त्यसबेला स्वतन्त्र भएर पाएको मतको दुरुपयोग हुने भएकाले अब एउटा दलबाट निर्वाचित भएका व्यक्तिहरूले पार्टी विभाजित गरेर नयाँ दल बनाएको खण्डमा उसको पद स्वत रिक्त हुने व्यवस्था गरिनु आवश्यक छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार भएर निर्वाचित भएको व्यक्ति राजनीतिक दलमा प्रवेश गरेको खण्डमा पनि उसको पद स्वत रिक्त हुने व्यवस्था गरिएको खण्डमा भ्रष्टचारमा कमी आउन सक्छ ।

भ्रष्टाचारलाई नियन्त्रण गर्न अब केपी ओली नेतृत्वको सरकारले राजनीतिहरूको सम्पत्ति जाँचबुझ गर्न शक्तिशाली सम्पत्ति जाँचबुझ आयोग गठन गर्नु आवश्यक रहेको छ । सम्पत्ति जाँचबुझ शक्तिशाली आयोग गठन गर्ने मुद्दा सबै राजनीतिक दलको हुनुपर्छ ।

सबै राजनीतिक दलहरूले यस्तो मुद्दा उठाउँदै आएकाले अब ओली नेतृत्वको सरकारको पनि यो मुद्दा बन्न सक्नुपर्दछ र सोही अनुसारको शक्तिशाली सम्पत्ति जाँचबुझ आयोग बनाएर सम्पत्ति जाँचबुझ गरिनु उपयुक्त समय आएको छ ।

विगतको सरकारकै कारण नेपाल ग्रे लिष्टमा

नेपाल फेरी फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिष्टमा परेको छ । विगतमा पनि नेपाल यस्तो सूचीमा परेको थियो । यस्तो सूचीमा परेपछि अन्तर्राष्ट्रिय वित्तिय कारोबार जटिलता पर्ने निश्चित जस्तै भएको छ । सरकारले आवश्यक सुधार गर्न नसकेपछि नेपाल फेरी जोखिममा परेको छ ।

यस्तो सूचमिा परेपछि नेपालको बैकिङ्ग प्रणाली, अन्तर्राष्ट्रिय व्यवसाय, विदेशी लगानी र रेमिट्यान्स प्रवाहमा गम्भीर असर पर्ने सम्भावना समेत रहेको छ । सरकार र सम्बन्धित निकायले समयमै आवश्यक सुधार नगरेको खण्डमा नेपाल थप आर्थिक संकटमा फस्न सक्छ ।

नेपाललाई एफएटीएफको एसिया प्यासिफिक ग्रुप एपीजीले २०२३ मा गरेको मूल्यांकन प्रतिवेदनमा दिएका सुझाव कार्यान्वयन गर्न नसकेको कारण ग्रे लिष्टमा राखेको हो । सम्पत्ति शुद्धीकरण र आतंकबारी गतिविधिमा वित्तिय लगानी नियन्त्रण गर्न नेपाल असफल रहेको थियो ।

११ वटा प्रभावकारी सूचकहरू मध्येका कुनैपनि नेपालले उच्च वा पर्याप्त मूल्यांकन प्राप्त गर्न सकेन । गैर बैकिङ क्षेत्र, सहकारी क्यासिनो, बहुमूल्य धातुका व्यापार, घरजग्गा कारोबारीको नियमन कमजोर रहेको ठहर प्रतिवेदनले गरेको छ ।

बैंक तथा वित्तिय संस्थाहरूबाट फाइनान्सियल इन्टिलिजेन्स युनिटमा गरिने रिपोर्टिङ्ग प्रणालीमा सुधार गर्नुपर्ने देखिएको छ । सरकारले सुधारका लागि प्रयास गरेको दाबी गरेपनि कार्यान्वयन कमजोर भएकाले नेपाल फेरी एफएटीएफको निगरानीमा परेको अभियान साप्ताहिकमा खबर छ ।

एफएटीएफले सार्वजनिक गरेको प्रतिवेदन २०२४ को भएको र त्यसबेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री रहेका थिए । दाहालले मुलुकको विकासको लागि आफूले महत्वपूर्ण कार्य गरेको बताउँदै आएका भएपनि एफएटीएफको प्रतिवेदनले दाहाल नेतृत्वको सरकारले कुनै पनि सुधारका कार्य गर्न नसकेको प्रष्ट पारिदिएको छ ।

पछिल्लो समयमा दाहाल सरकारको विरुद्धमा हात धोएर लागि परेका भएपनि विगतको उनको १८ महिनाको नेतृत्वको सरकारले अपराधिक गतिविधिलाई नियन्त्रण गर्न नसकेको र आर्थिक क्षेत्रमा कुनै सुधार नगरेको हुनाले नै नेपाल ग्रे लिष्टमा परेको हुनाले दाहाल कुन मुखले सरकारको विरोध गरिरहेको छ ?

प्रकाशित मिति : १८ फाल्गुन २०८१, आईतवार २२:२२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।