Logo

प्रमुख समाचार

सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन : बालेन शाह



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भ्रमको खेतीमा पीएचडी पाउन मिल्ने भए वर्तमान केपी ओली सरकारलाई दिए हुने टिप्पणी गरेका छन् ।

केही दिनअघि सरकारले प्रमुख कार्यकारी अधिकृत नपठाएकोमा आक्रोश पोखेका शाहले ओली सरकारले छरेको भ्रमबारे ६ बुँदामा प्रष्ट पारेका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमा उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै आफू सरकारको दुस्मन नभइ साझेदार भएको लेखेका छन् ।

प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईंका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईंकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पूर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईंकै हो ।

अनि जति भ्रम फैलाए पनि, हामी तपाईंको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबैभन्दा ठुलो कुरा सुशासन हो ।

भ्रष्टहरू विरूद्धको लडाइँ हो । सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु’, उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार २१:३९   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।